प्याव्सन घोराही नगर कमिटीद्वारा प्रज्ञान एकेडेमी तथा छात्रा ज्योती दर्लामी सम्मानित
घोराही २ असोज ।
राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर प्याब्सन घोराही नगर कमिटिले शिक्षण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै विद्यार्थीको उत्कृष्ट उपलब्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रज्ञान एकेडेमी घोराही दाङ तथा घोराही नगरपालिकास्तरीय कक्षा ८ को BLE परीक्षामा 4GPA ल्याउन सफल छात्रा ज्योती दर्लामीलाई सम्मान गरिएको हो । कक्षा ८ को BLE परीक्षामा सत प्रतिशत नतिजा ल्याउन सफल भएकोमा विद्यालयका प्रधानाध्यापक वीरेन्द्र चन्दलाई प्याब्सन घोराही नगर कमिटिले सम्मान गरेको हो।




